६ बैशाख २०८१, बिहीबार

माग र मुद्दाका आधारमा लोसपाले सरकारसँग सहकार्य गर्ने

rajendra jasapa
फाइल फोटो

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना माग र मुद्दाको समर्थन र सम्बोधनका आधारमा सरकारसँगको सहकार्य अघि बढ्ने स्पष्ट पारेको छ ।

दल दर्ताको निवेदनमा सनाखतका लागि निर्वाचन आयोगमा पुगेका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारप्रति सकरात्मक धारणा राखेको तर सहभागि हुने बारे नसोंचेको बताउनुभयो ।

जनता समाजवादी पार्टीमा रहँदा महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो । त्यतिबेला विश्वासको मत दिएको जसपा पनि सरकारमा सहभागी भइसकेको छैन ।