२२ बैशाख २०८१, शनिबार

चितवनमा निषेधाज्ञा फेरि खुकुलो बन्यो

chitwan narayanghat pulchowk
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा भदौं २० गतेसम्म लम्ब्याएको छ । तर, निषेधाज्ञा भने खुकुलो बनाइएको छ ।

प्रशासनले आज आदेश जारी गर्दै भोलि राति १२ बजेबाट २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

आदेशमा ग्यास, खाद्यान्न, तरकारी, दूध जस्ता अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म र दूध डेरी भने साँझ ५ बजेदेखि सात बजेसम्म पनि खोल्न सकिने उल्लेख गरिएको छ ।

त्यस्तै इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ, अटो मोबाइल्स, मोटर पार्टस, जुत्ता पसल, टेलरिङ, स्टेशनरी पसल, वर्कशप, निर्माण सामग्रीलगायत व्यापारिक पसलहरु दैनिक १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले निर्णय गरेको छ । यसअघि प्रशासनले हप्तामा तीन दिन दैनिक ६ घण्टामात्र पसलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शैक्षिक संघसंस्थाहरु र मनोरञ्जन स्थलहरु भने पहिलेजस्तै भौतिक रुपमा सञ्चालन गर्न नपाइने प्रशासनलको आदेशमा उल्लेख छ ।