१४ बैशाख २०८१, शुक्रबार

विभाज भएपछि एकीकृत समाजवादीमा लागेका एमालेका ७ राष्ट्रियसभाका सांसद(नामावालीसहित)

madhav

नेकपा एमाले विभाज भएपछि सांसदहरु पनि विभाजित बनेका छन् । एमाले विभाजित भएर बनेको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा रहने सांसदहरुको संख्या उल्लेख्य रहेको छ ।

आज मात्र खनाखत भएको एकीकृत समाजवादी पार्टीमा राष्ट्रियसभाका ७ जना सांसद रहेका छन् । उनीहरुले आज एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

निर्वाचन आयोगमा सनाखत भएसँगै आजबाट उनीहरु एमालेबाट आधिकारिक रुपमा अलग भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिनासहित एमालेका ३१ जना सांसद थिए । राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेलसहित एमालेका ३३ सांसद हुन् ।

गौतमले माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा जाने भनेपनि सनाखत गरेका छैनन् । यसअघि एमालेको सूचिबाट आफ्नो नाम हटाउन निवेदन दिएका बेदुराम भुसाल, ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, नन्दा चापाई, शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा र शान्ति अधिकारी जिसी एकीकृत समाजवादीमा लागेका हुन् ।

शारद भट्टको यसअघि दल विभाजनमा हस्ताक्षर नभएको कारण शारदा भट्टको सनाखत भएको छैन । निर्वाचन आयोगमा पुगेर उनीहरुले सनाखत गरीसकेका छन् ।