१२ बैशाख २०८१, बुधबार

खुम्बुक्षेत्र प्रवेशमा कडाइ: कोरोना विरुद्धको खोप नलाएकालाई पीसीआर रिपोर्ट अनिवार्य

namche cover1629869688

साेलुखुम्बुकाे खुम्बु पासाङ गाउँपालिकाले खुम्बुक्षेत्र प्रवेशमा कडाइ गरेकाे छ । खुम्बुमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएसँगै गाउँपालिकाले प्रबेशमा कडाइ गरेकाे हाे ।

गाउँपािलकाले कोरोना विरुद्ध खोपको पूरै डोज नलाएका पर्यटक तथा यात्रुका लागी पीसीआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । पर्यटकीय क्षेत्र खुम्बुमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएसँगै पालिकाले पूरा डोज खोप नलाएकालाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको गाउँपािलफलकाले जनाएकाे छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै हवाइ तथा तथा पैदल मार्गबाट खुम्बु भित्रिने कोरोनाको पूरा डोज खोप नलगाएका व्यक्तिहरुलाई पीसीआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने बताएको छ । जसका लागि वायुसेवा कम्पनीहरुलाई पत्र नै काटिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले उडान भर्दै आएका छन् । लुक्लामा काठमाण्डौ र फाप्लुबाट हवाइ उडान हुने गरेको छ ।