७ बैशाख २०८१, शुक्रबार

फेरि पाए लोकप्रीय दुई अनुहारले गाउँपालिकाको टिकट

solu

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका हाक्ने अवसर पुन बुद्धिकिरण राई र जुनिता मायाँ मगरको काँधमा आइपुगेको छ ।

गत स्थानीय तहको निर्वाचनमा एमाले बार्टीबाट अध्यक्षमा अत्याधिक मतले विजयी भएका बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता मायाँ मगरले पुन यस पटक पनि एमाले पार्टीबाट टिकट पाएका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले सोलुखुम्बुमा यीनै दुई अनुहारलाई दोहोर्याउन माग भएपछि एमालेले अन्य आकांक्षिहरुलाई थमथमाएर टिकट व्यवस्थापन गरिएको हो । नेकपा एमाले प्रदेश कमिटिले आज निर्णय गर्दै उमेदावर तय गरेको हो ।

ओर्लाङघाट सहित दुधकोशी नदीमा ३ स्थानमा मोटरेबल पुल, सबै स्थानीय तहमा सडकको सुविधा, खानेपानी, स्वरोजगार, आयआर्जन तथा कृषि, पशुपंक्षी जस्ता क्षेत्रमा यी दुर्य जनप्रतिनिधिले माप्यमा असाधारण काम गरेको स्थानीयको बुझाई छ ।

माप्य दुधकोशी गाउँपालिकाको वाकु क्षेत्रमा रहेको दुर्य वटा वडामा जीत हाँसिल गरेका नेपाली काँग्रेसका नेताहरु समेत केही दिन अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । यस अवधीमा हजारौँको संख्यामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमले समेत माप्य दुधकोशी गाउँपालिकामा नेकपा एमाले झनै सशक्त बनेको छ ।