११ बैशाख २०८१, मंगलवार

आफै भोट दिएको जनप्रतिनिधिलाई जुत्ताको माला र कालोमसो

FB IMG 16539195466762022 05 30 08 25 02

सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दलेर साङ्केतिक कार्वाही गरेको छ ।

पार्टीबाट भर्खरै सम्पन्न २०७९ को स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर २ का दुर्गा प्रसाद राई र वडा नम्बर ४ का सन्देश तामाङलाई आफ्नै कार्याकर्ताले कार्वाही गरेका हुन ।

२०७९ जेष्ठ १६ गते सोमबार भएको सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान,आचारसंहिता,मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको पार्टी कमिटी अध्यक्ष वीर बहादुर राईले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोताङ गाउँ कमिटीले सोमवार एक प्रेस विज्ञाप्ति जारी गर्दै सोताङ्ग गाउँकार्यपालिका गठनमा हाम्रो पार्टीबाट निर्वाचित वडा सदस्य दुर्गा प्रसाद राईलाई नेपाली काङ्ग्रेस सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तम प्रसाद नाछिरीङले पच्चीस हजार दिने प्रलोभन देखाएको र अर्का वडा सदस्य सन्देश तामाङलाई भने नेपाली काङ्ग्रेसका नेता कृष्ण तामाङले नेपाली काङ्ग्रेसलाई भोट नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचन पछि लाखौ रकम दिने प्रलोभनमा पारेको दुर्गा प्रसाद राई र सन्देश तामाङले बताइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्यदोय दुर्गा प्रसाद राई र सन्देश तामाङलाई आवश्यक कार्वाही गर्ने पनि बताइएको छ ।