१४ बैशाख २०८१, शुक्रबार

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

congressdharnaaa

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु धर्नामा बसेका छन् ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका हुन् ।

सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।