२२ मंसिर २०७८, बुधबार

चितुवाको छाला र कस्तुरीको विणा बरामद

6123695169716 news

लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।