७ बैशाख २०८१, शुक्रबार

विभिन्न किसिमको लागूऔषध रक्सी पसलबाट बरामद

drug lagu ausadh

सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएको छ ।

उक्त पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद भएको हो । पसलका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो ।

उक्त पसलमा लागूऔषध बिक्री भइरहेको पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको छ ।

लागूऔषधसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।