१३ बैशाख २०८१, बिहीबार

मोटरसाईकल जुद्धा तीनको निधन, मृतकको शव परिवारलाई बुझाइयो

rajaiya accident bike
फाइल फोटो

दुईवटा मोटरसाईकल आपसमा जुद्धा एक महिलासहित तीन जनाको घटनास्थमा निधन भएको छ ।

निधन हुनेमा जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर–९ अन्दाजी बर्ष १६ को विकास साह र जिल्ला पर्सा डकैला बहुअरी गाउँपालिका निवासी बर्ष ३५ की सुनैनादेवी साह रहुनु भएकाे छ।

यस्तै जिल्ला नुवाकोट घुङ्ताङ् वडा नम्बर–३ बस्ने बर्ष ४० को टुलुराज तमाङ् रहनु भएकाे छ। तमाङ्को गोजीमा रहेका परिचयपत्रबाट परिचय खुलेका ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१६ टाँगियाबस्ति जाने बाटो नजिकै पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाईकल शनिबार राती साढे १० बजे एक आपसमा ठोक्किदा एक महिलासहित तीन जनाको घटनास्थलमै निधन भएको हाे ।

तिब्र गतीको कारण दुबै मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा आगलगी भएर धेरै क्षति भएको उहाँले बताउनुभयो । प्रदेश २–०३–००२ प ५३३५ नबम्रको मोटरसाईकलमा विकासकी फुफु सुनैना सवार रहेकी थिईन् ।

मृक्तक तीनै जनाको आईतबार शव परीक्षणगरी परिवारजनको जिम्मा लगाइएको तथा यस घटना बारे बिस्तृत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

चालुआर्थिक बर्ष ०७८÷०७९ को भदौ महिनामा बारा जिल्लामा चार जनाले सवारीसाधनको घटनाबाट ज्यान गुमाएका उहाँले बताउनुभयो ।