११ बैशाख २०८१, मंगलवार

करिश्माको प्रश्न : सुन्दरताकै कारण फिल्ममा यति लामो यात्रा गरिस् भन्न मिल्छ ?

karishma amita.1

एक समय नेपाली फिल्म क्षेत्रमा अभिनेत्री करिश्मा मानन्धरको जगजगी रहेको थियो । उनको अभिनय र सुन्दरताका कारण उनलाई सदावहार अभिनेत्रीका रुपमा लिने गरिन्छ । त्यसैले पनि उनको फिल्म क्षेत्रमा चर्चा अभिनयसँगै सौन्दर्यलाई लिएर बढी हुने गरेको छ । अहिलेसम्म पनि करिश्मा फिट एन्ड फाइन देखिन्छिन् ।

उनले आफु नेपाली फिल्म क्षेत्रमा अभिनय भन्दा पनि आफ्नो सौन्दर्यका कारण टिकेको बताएकी छन् । उनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो सौन्दर्यले अभिनयलाई छायाँमा पर्न नदिएको दावी गरेकी छन् ।
उनले कार्यक्रममा बोल्दै आफ्नो अभिनय कला र सौन्दर्यकै कारण लामो समयसम्म फिल्म क्षेत्रमा आफुले अभिनय गर्न पाएको बताएकी हुन् ।

उनले भनिन, ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ । यो सौभाग्य कमैले पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ । अनि मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ ?’ उनले हरेक मान्छेको सौन्दर्यता सधैँ नरहेने हुँदा अभिनयलाई पनि निखारदै लैजानु पर्ने तर्क गरेकी छन् ।

उनले शनिबार उनले युनिसेक्स ब्युटी पार्लरको रिबट काटेर उद्घाटन गर्दै भनिन्,‘सुन्दरता भन्ने सँधै रहन्न । कलाकारले अभिनयलाई प्रखर बनाउँदै लैजानुपर्छ ।’ अभिनेत्री करिश्मा फिल्म क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म पनि उस्तै रहेकी छन् । उनको हरेक मान्छेले अभिनयका साथै सौन्दर्यताको प्रशंषा गर्दै आएका छन् ।