१५ चैत्र २०८०, बिहीबार

एकीकृत समाजवादीको व्यानरमा फोटो राखिएकोमा बामदेव गौतमको आपत्ति

Bamdev Gautam

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको स्पष्टीकरण दिएका छन् ।

गौतमको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा आपत्ति जनाएको छ ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क। वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा ९एमाले० को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार(प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’