१६ चैत्र २०८०, शुक्रबार

मेरो व्यक्तित्वलाई नै आँच पुर्याउने गरि प्रतिक्रिया दिन पाइन्नँः करिश्मा

karishma
फाइल फोटो

नायिका करिश्मा मानन्धरले आफ्नो व्यक्तित्वलाई नै आँच पुर्याउने गरि प्रतिक्रिया दिनेहरुमाथि कानुनी कारवाही खोज्ने बताएकी छिन् । विशेषगरि, नेकपा एमाले पार्टीले स्थानीय निकायको निर्वाचनमा पराजय भोगेपछि यसको दोष करिश्मालाई दिदै सामाजिक संजालमा भद्दा कमेन्टहरु आएका छन् ।

यो बिषयमा करिश्माले भनिन्–‘म सधै नै दर्शकले दिनुभएको प्रतिक्रियालाई हेरेर अगाडि बढ्ने मानिस हुँ । फिल्म क्षेत्रमा लागेको ४ दशकमा मैले भोक प्यास नभनी एउटा स्थान बनाएको छु । उक्त स्थान र व्यक्तित्वलाई नै आँच पुर्याउने गरि प्रतिक्रिया दिने पाइदैन ।’

करिश्माले कसैलाई मानसिक रुपमा नै पीडा दिन नपाइने बताइन् । कतिपय शब्दहरु त आफूलाई पनि थाहा नभएको भन्दै करिश्माले साइबर ब्यूरोमा गएर नै यो बिषयमा वुझ्ने बताएकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा ४ दशक बिताएकी करिश्माले केही समय अगाडिदेखि राजनीतिक यात्रा सुरु गरेकी थिइन् । राजनीतिक यात्रा सुरु गरेपछि करिश्मामाथि मद्दा प्रतिक्रिया आउने गरेका छन् ।