२३ बैशाख २०८१, आईतवार

डेड महिना हल बन्द हुँदा फिल्महरुलाई असर

movie theatre

विश्वव्यापी महामारीका रुपमा चिनबाट फैलिएको कोरोना भाइरसको कारण केहि अगाडि नै सरकारले भिडभाड हुने कार्यक्रमहरु नगर्न र त्यस्तो ठाउमा नजान आग्रह गरिरहेको बेला नेपाली फिल्मक्षेत्रमा पनि असर परिरहेको थियो ।

यस्तैमा सरकारले पुन ३० अप्रिलसम्म फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वकोमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसरि कोरोनाबाट बच्नको लागि गरिएको सरकारको निर्णयले गर्दा प्रदर्शन मिति तय गरिएको फिल्महरुलाई असर पुग्ने देखिन्छ । हालसम्म प्रदर्शन तय गरिएको फिल्महरुमा चैत २१ मा प्रदर्शन हुने फिल्म लक्का जवान चैत्र २८ को मा प्रदर्शन हुने प्रेमगीत ३ र चपलि हाइट ३ त्यसैगरी बैशाख १२ लाइ रिलिज तय गरिएको हिजो आजका कुरा र लप्पन छप्पन २ लगायतको फिल्महरु रहेका छन भने बैशाख २७ लाइ प्रदर्शन तय गरिएको फिल्म हिरो रिर्टनसलाई समेत असर पुग्ने देखिएको छ ।

यसअघिदेखि नै कोरोनाबाट सर्तकता अपनाउनका लागि केहि फिल्महरुले रिलिज मिति स्थगित गरिसकेका थिए । त्यस्तै चलचित्र निर्माता सँघले हाल छायाँकन भइरहेको फिल्मको तत्काल छायाँकन रोक्न लगाउनुका साथै अन्य फिल्मसँग सम्बन्धित कार्यक्रमहरु समेत स्थगित गरिएको थिए ।

यसरि डेड महिनासम्म फिल्म हलहरु बन्द हुदा नेपालि फिल्मक्षेत्रलाई ठुलो असर हुने देखिएका छन भने २०७७ सालमा प्रदर्शन तय गरिएको अन्य फिल्महरुको रिलिज मिति समेत भद्रगोल हुने अबस्था देखिएको छ ।