१२ बैशाख २०८१, बुधबार

मंसीरमा महाधिवेशन गर्ने कांग्रेसकै निर्णय कार्यान्वयन हुनेमा शंका !

congress meating

नेपाली कांग्रेस १४ औं महाधिवेशनको मिति हेरफेर गरेर आगामी मंसीरका लागि मिति तय गरेको कांग्रेसले क्रियाशिल सदस्यता समेत टुंगो लाग्न सकेको छैन ।

क्रियाशिल सदस्यताको टुंगो लगाउने भनेको भएपनि अहिलेसम्म क्रियाशिल सदस्यकै टुंगो नलागेपछि संसोधित कार्यतालिका अनुसार भदौ २ गतेभित्र फेरी महाधिवेशन प्रभावित हुनसक्ने देखिएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत यसै महिनाको १८ गते वडा अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

यसअघि केन्द्रीय महाधिवेशन गर्ने भनेको मितिमा वडा अधिवेशन शुरु गर्ने निर्णय गरेको कांग्रेसले अहिलेसम्म पनि क्रियाशिल सदस्यताको टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले यसअघि भदौ २ गते क्रियाशिल सदस्यताको टुंगो लगाएर सभापतिलाई बुझाउने मिति तय गरेको थियो ।

जसका लागि कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा समिति गठन गर्दै नेताहरु रमेश लेखक र डाक्टर मिनेन्द्र रिजाललाई जिम्मा दिएको थियो ।

तर समितिले तोकिएको मितिमा क्रियाशिल सदस्यताको टुंगो लगाउन सकेको छैन । जसका कारण तोकिएको मितिमा महाविधेशन हुनेमा आशंका शुरु भएको छ ।

यसअघि क्रियाशिल सदस्यता छानविन समिति गठन गरेर देशभरबाट आएको क्रियाशिल सदस्यताको विवरण अध्धयन गरेर प्रतिवेदन तयार गरेको भएपनि प्रतिवेदन सर्वसम्मत हुन सकेको छैन ।

त्यसबाहेक कतिपय जिल्लाको क्रियाशिल सदस्यताका बारेमा केन्द्रीय नेताहरुकै बिचमा मतभेद रहेको छ ।

जसका कारण महाधिवेशन शुरु गर्नका लागि महत्वपुर्ण र प्राथमिक दस्तावेज क्रियाशिल सदस्यताको अहिलेसम्म टुंगो लाग्न सकेको छैन । जसले संसोधन गरेर मंसीरमा महाधिवेशन गर्ने कांग्रेसकै निर्णय कार्यान्वयन हुनेमा शंका शुरु भएको छ ।

नेपाली कांग्रेसले आगामी २३ गतेभित्र महाधिवेशन शुरु नगरे वैधानिक संकट आउने जनाइएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले भदौ २३ गतेभित्र महाधिवेशन शुरु गर्नैपर्छ ।

आगामी २३ गतेभित्र महाधिवेशन शुरु गर्न नसके कांग्रेसले जरिवाना समेत तिर्नपर्ने अबस्था आउनसक्ने बताइएको छ ।