१५ चैत्र २०८०, बिहीबार

फ्रेन्च लीग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को लगातार तेस्रो जित

p

फ्रेन्च लीग वान फूटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो । पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एकएक गोल गरे ।

ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काउनुभयो । यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा रहेको छ । ब्रेस्टले ३ खेलमा २ अंक जोडेको छ । पहिलो हार व्यहोरेको ब्रेस्ट १२ औं स्थानमा रहेको छ ।