१४ बैशाख २०८१, शुक्रबार

बिर्तामोडको एक होटलमा लुकेर भिडीयो खिच्ने ४ युट्युबर र टिकटकर पक्राउ

arest

झापा बिर्तामोडको एक होटलमा लुकेर भिडीयो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् ।

एक युवा र २ महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिएका छन् ।

उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिए ।

सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन् भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएको आर्चायले जानकारी दिए ।

राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्ष बताउने युट्युबर खगेन्द्र घिमिरे सहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।