१२ बैशाख २०८१, बुधबार

नेपाललाई ‘छाडेका’ नेताहरुको बैठकः १० बुँदे कार्यान्वयन नगरे ओलीसँगको च्याप्टर क्लोज

cpn uml second gen neta

नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक अहिले जारी छ । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका उनीहरुले ५ दिनमा १० बुँदे सहमति कार्यान्वयन नगरे अध्यक्ष ओलीसँगको च्याप्टर क्लोज हुने चेतावनी दिएका छन ।

महाराजगञ्जमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले बनाएको १० बुँदे सहमतिको तल्लो तहसम्म कार्यान्वयन गर्नुपर्ने र त्यसो नगरे उनीसँगको च्याप्टर क्लोज हुनेबारे छलफल भइरहेको एक नेताले बताए ।

बैठकमा सहभागी नेता राजबहादुर बुढाका अनुसार अब बढीमा पाँच दिनभित्र तल्ला तहसम्म कार्यान्वयन नगरे ओली गलत र माधव नेपाल सही रहेछन् भन्ने निष्कर्ष निस्कने बताए ।

नेता बुढाले भने,‘फागुन २८ यता भएका निर्णयहरू सबै खारेज नभए माधव नेपालको पल्ला भारी हुन्छ र ओलीसँगको हाम्रो च्याप्टर क्लोज हुन्छ भन्नेबारे साथीहरूले छलफल गरिरहेका छन्।’

ओलीले १० बुँदे कार्यान्वयन गरे र फागुन २८ यताका सबै निर्णय खारेज गरे भने माधव नेपाललाई पार्टी एकताका लागि आफूहरूले दबाब दिने पनि बैठकमा सहभागी नेताहरूको भनाई छ ।

स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक बसिरहेको छ ।