११ बैशाख २०८१, मंगलवार

प्रस्तावित लोसपा नेपालमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति रहने

mahantha thakur
फाइल फोटो

महन्थ ठाकुर पक्षले पुनः निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यीय रहने भएको छ ।

निर्वाचन आयोगमा शुक्रबार दर्ताका लागि निवेदन दिएको लोसपा नेपालमा अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ भने वरिष्ठ नेतामा राजेन्द्र महतो र शरदसिंह भण्डारी रहेको ठाकुर पक्षका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

यसअघि २४ जना केन्द्रीय कार्यकारिणी समिति रहेकोमा त्यस समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेका कारण सात जना महिला सदस्यहरु केन्द्रीय कार्यकारिणी समितिमा थपिएको झाले बताउनुभयो ।

अनुसार सुरिताकुमारी साह, निलम बर्मा, पुष्पा ठाकुर, कमलाकुमारी गुरुङ, निलमकुमारी यादव, प्रेमा चौधरी र रुकमीनीकुमारी देवी मण्डल थपिएनुभएको हो ।

बुधबार ठाकुर पक्षले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेको थियो । आयोगले उस्ताउस्तै नाम भएका पार्टी दर्ता गर्न नमिल्ने बताएपनि ठाकुर पक्षले पार्टीको नाम फेरेर आयोगमा आज पुनः निवेदन दिएका हुन् ।