८ बैशाख २०८१, शनिबार

हेटौँडामा डोरमणिको पक्षमा लाग्यो नारा: ‘डिएम बा, वी लभ यु !’

dormani poudel 1024x470 1

बाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल तामझामका साथ आफ्नो निजी निवास फर्किएका छन् ।

आज मध्याह्न सरकारी निवास छाडेर पौडेल घर फिर्ती हुँदा प्रधानमन्त्रीबाट हटेपछि केपी शर्मा ओली बालुवाटार छाडेर बालकोट फर्किएको झल्को देखिएको छ । पौडेल हेटौँडा–२ मा अवस्थित मुख्यमन्त्रीको निजी निवासबाट आफ्नो घर हेटौँडा–११ स्थित नवलपुर फर्किएका हुन् ।

३० असारमा बालुवाटार छाड्दा ओलीले लावालस्कर लगाएर कार्यकर्ताको भिड बटुल्दै बालकोटतर्फ लम्किएझैँ पौडेल बिहीबार ४२ महिना ७ दिनपछि मुख्यमन्त्रीको कुर्सी छाडेर घर फर्किँदा आफ्ना कार्यकर्ताको लस्कर लिएर हेटौँडा–११ नवलपुर पुगे । संख्यात्मक आधारमा ओली बाटकोट फर्किंदा बढी कार्यकर्ता भए पनि पौडेलको शैली ओलीसँग मिल्दोजुल्दो थियो ।

dm paudel

पौडेलको घर फिर्तीमा एमाले कार्यकर्ता मात्र थिएनन्, हेटौँडाका व्यवसायीहरूले समेत उनको जयजयकार गरेका थिए । पौडेल व्यवसायीको करोडको गाडीभित्र उभिएर हात हल्लाउँदै अभिवादन गरिरहेका थिए भने उनका कार्यकर्ता ‘डिएम सर जिन्दावाद’, ‘डिएम बा’ वी लभ यु’, ‘हाम्रो नेता कस्तो होस्, डिएम बा’ जस्तो होस्’ को नारा लगाउँदै थिए । कार्यकर्ताहरूले पौडेललाई घरभित्रै प्रवेश गराएका छन् ।

बागमतीको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएसँगै पौडेलले बिहीबार निवास छाडेका हुन् । पार्टी विभाजनले बागमतीमा पौडेल नेतृत्वको सरकार धरापमा परेको थियो । एमालेका माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेसँगै पौडेलले नेपाल पक्षकी शाक्यलाई नै संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीमा एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नियुक्त भएपछि पौडेलले बिहीबार बिहान ९ बजे पत्रकारहरूसँग साढे ३ वर्षे कार्यकालमा गरेका कामबारे जानकारी दिँदै मुख्यमन्त्रीको सरकारी निवास छाडेका थिए ।

dm paudel2