८ बैशाख २०८१, शनिबार

पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुग्योः अध्यक्ष ओली

kp oli 1
फाइल फोटो

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण पार्टी एकता हुन नसकेको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले पार्टी एकताका लागि बारम्बार प्रयास गर्दा पनि माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेका कारण एकता हुन नसकेको बताएका हुन् ।

नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताएका छन् । नेपालको कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ छ ।

माधव नेपालले पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको उनले बताए । यस्तै सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप छ ।