१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष हुनकै लागि मात्र नेपालले पार्टी फुटाएको ओलीको आरोप

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष हुनकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिन तयार हुँदा पनि नमानेर पहिलो अध्यक्ष हुन पार्टी खोलेको आरोप लगाउनुभयो ।

फुटेर जानु अघि नेपालले पदका लागि नयाँ–नयाँ माग तेर्साएको पनि ओलीको आरोप छ ।

ओलीले नेपालसँग गएका नेता कार्यकर्तालाई नाम कटाएर आए उचित जिम्मेवारी दिने आश्वासन दिनुभयो ।