१३ बैशाख २०८१, बिहीबार

बीपीसँग केपीको तुलना!

surya thapa

नेकपा एमाले विधिवत रुपमा विभाजित भएपछि त्यसो पक्ष र विपक्षमा नेताहरुले आ–आफ्नै तर्क गरिरहेका छन् ।

एमालेमा केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर भएको विवाद अन्तत पार्टी विभाजनमा गएर टुङ्गिएको छ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाले फरक पार्टी दर्ता गरी नेकपा एमाले (समाजवादी) गठन गरेपछि सिंगो एमाले टुक्रिएको हो ।

ओली शर्मा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार भएका सूर्य थापाले विगतमा नेपाली काँग्रेसको इतिहास सम्झिँदै बीपी कोइरालासँग केपी ओलीको तुलना गरेका छन् ।

उनले बुधवार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘बीपीलाई कमजोर पार्न मातृका र केपीलाई सत्ताच्यूत र कमजोर गर्न माधवलाई उपयोग गरेको स्पष्टै छ ।’ उनले २००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान नचलेको बताउँदै माधव नेपालको समाजवादी पार्टी नचल्ने ठोकुवा गरेका छन् ।

थापा ट्वीटमार्फत अगाडि भन्छन्, ‘२००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् । न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास रहेको छ,नत माधव कु. नेपालको स्वघोषित ‘समाजवादी’ नै चल्नेछ ।’