१६ चैत्र २०८०, शुक्रबार

भीम रावललगायतले अध्यक्ष ओलीलाई दिएको अल्टिमेटमप्रति सूर्य थापाको आपत्ति

bhim rawal surya thapa discus 20191231022149

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भीम रावल, घनश्याम भुसाल लगायतका एकतावादी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमप्रति कडा आपत्ति जनाउनुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा थापाले सन्ताउन जना नेताहरुले दिएको अल्टिमेटम गलत भएको बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयन भैसकेको भन्दै थापाले एकता चाहेको कि विभाजन भनेर प्रश्न पनि गर्नुभयो ।

भदौ ८ गतेसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनीप्रति पनि थापाले आक्रोश व्यक्त गर्नुभयो । माधव नेपालले पार्टी छोडेर केही नभएको भन्दै थापाले सक्ने भए विद्रोह गर्न चुनौती दिनुभयो ।

थापाले दल विभाजन हुने गरी सरकारले अध्यादेश ल्याएकोमा त्यसको विरोध नगरेको भन्दै एकतावादी भनिएको समूहप्रति आपत्ति जनाउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता थापाले माधवकुमार नेपाल सहित १४ जना सांसदमाथि गरिएको कारवाही पनि फिर्ता नहुने बताउनुभयो ।