१५ चैत्र २०८०, बिहीबार

मन्त्रीहरु पनि फेरबदल हुँदै बागमतीमा

Astha Laxmi Shakya

मुख्यमन्त्री परिवर्तनसँगै बागमती प्रदेशमा मन्त्रीहरु पनि फेरबदल हुने भएको छ । आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालन हुने भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नै मन्त्रिमण्डल फेरबदल गर्न चाहेकी हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली भने विगतकै मन्त्रीहरुलाई निरन्तरता दिने मुडमा थिए । तर, मुख्यमन्त्री शाक्यले नयाँ अनुहारलाई पनि जिम्मेवारी दिएर जानुपर्ने अडान लिएपछि केही मन्त्री फेरिने सम्भावना बढेर गएको छ ।

सपथसँगै केही नयाँ मन्त्री समेत फेरबदल गरेर मन्त्रिपरिषद पूर्णता दिने तयारीमा शाक्य रहेको स्रोतको भनाइ छ ।

नयाँ थपिने मन्त्रीमा चितवनका कृष्णभक्त खनालको चर्चा व्यापक छ । त्यस्तै, सिन्धुलीका प्रदीप कटुवालको पनि मन्त्री बन्ने चर्चा छ ।

केही महिनाअघि मात्र मन्त्री भएकालाई जिम्मेवारीमै राख्ने र विगत लामो समयसम्म मन्त्री भएकाहरुलाई भने हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी समेत भएको स्रोतको भनाइ छ ।