१५ बैशाख २०८१, शनिबार

आज आइपुग्दै चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज नेपाल

corona vaccine arrives scaled
फाइल फोटो

चीनबाट खरिद प्रक्रियामार्फत ल्याउन लागिएको ६० लाख डोज खोपमध्ये आठ लाख डोज भेरोसेल खोप आज आउने भएको छ।

आज ८ लाख डोज आउने र थप ८ लाख डोज भोलि ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार आज आठ लाख र भोलि आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।

बाँकी ४४ लाख डोज खोप अगस्त अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ। जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्येको आउन बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन आइपुगेको छ ।

यस्तै १० लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका समेत गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप नेपाल आइपुगेको छ । ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।