१५ चैत्र २०८०, बिहीबार

नवौं अधिवेशन लुम्बिनी प्रदेशसभाको पहिलो बैठकमै एमालेको अवरोध

lumbini uml sansad

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेले २ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै प्रदेशसभामा अवरोध गरेको हो । बैठक शुरु भए लगत्तै एमालेका सांसदले अवरोध गरेपछि भोलीसम्मका लागि स्थगित भएको छ ।

सुर्य चिन्ह लिएर चुनाव जितेका २ जना सांसद अजय शाही र बिमला कुमारी खत्रीलाई कारवाही गरेको भन्दै एमालेले पदमुक्त भएको सूचना सदनमा पढेर सुनाउन माग गरेको थियो ।

सभामुख पूर्ण बहादुर घर्तिले सांसदको कारबाही प्रक्रिया अगाडी बढाउने जिम्मा प्रदेशसभा सचिवालयको भन्दै बैठक अघि बढाउनुभएको थियो ।

त्यस लगत्तै नेकपा एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुखले सभामूखले बैठक स्थगित गर्नुभयो । नेकपा एमालेले सांसद शाही र खत्रिले पार्टी र संसदीय दलको विधान विपरित काम गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा आज विहान पत्राचार गरेको थियो ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समुहका तर्फबाट सूर्य चिन्ह लिएर निर्वाचित हुनुभएको थियो । खत्री भने २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट सांसद बन्नुभएको थियो ।

शाहीले आफु स्वतन्त्र सांसद भएकोले एमालेको ह्विप नलाग्ने दाबी गर्नुभएको छ । खत्रिले भने आफु नेकपाबाट निर्वाचित भएकाले अदालतको आदेश अनुसार नै माओवादी केन्द्र रोजेको बताउनुभएको छ ।