७ बैशाख २०८१, शुक्रबार

काबुलमा कब्जा पछि प्रतिबन्ध लगाउन सुरु: बन्द भए कलेज, बुर्काका पसल खुले

afghanistan women

काबुलमा कब्जा जमाउन सफल तालिवानले अब आफ्ना नीति लागू गर्ने भएका छन् । राजधानीसहित देशका ७५ प्रतिशत भू–भाग कब्जा जमाएका तालिवानले महिलाहरु माथि प्रतिबन्ध लगाउन सुरु गरेका छन् ।

तालिवानले युवतीहरुलाई पढ्न लेख्न र स्कूल जान र महिलाहरुलाई काममा जानबाट रोक्ने प्रक्रिया थालेका छन् । उनीहरुले महिलालाई बिना पुरुषका साथ घर बाहिर निस्किन पनि नदिने भएका छन् । महिलाहरुलाई बुर्का लगाउन अनिवार्य गरिएको छ । तालिवानको आदेश नमान्नेहरुलाई कडा सजाय दिइने पनि घोषणा गरेको छ ।

विश्वविद्यालयकी २६ वर्षीया छात्रा हबीबा तालिवानले विद्यालय र कलेज बन्द गरिदिएको उल्लेख गर्दै आफ्नी आमाले बहिनी र उनलाई बुर्का लगाउन शुरु गर्न अह्राएको बताउँछिन् ।

२२ वर्षकी आयशा काबुल विश्वविद्यालयबाट इन्टरनेशनल रिलेसनको कोर्ष गरिरहेकी छन् । उनी अन्तिम सेमेस्टर पुरा गर्न दुई महिना भएको बताउँछिन् । तर निराश आयशा आफ्नो ग्रेजुएसन पुरा गर्न नपाउने भन्दै दुखेसो पोख्छिन् ।