१३ बैशाख २०८१, बिहीबार

पार्टी एकताका लागि सधैं ढोका खुला छ : माधव नेपाल

madhav nepal
फाइल फोटो

सत्तारुढ गठबन्धनमा सहभागी हुँदै आएको एक घटक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकताका लागि सधैं ढोका खुला रहेको बताउनुभएको छ ।

मंगलबार समसामयिक राजनीतिक विषयमा जनसंगठनका नेताहरूसँगकाे भर्चुयल बैठकमा बोल्नुहुदै नेता नेपालले अहिलेको अवस्थामा अन्य या कुनै पार्टीहरुसँग एकता हुने सम्भावना नरहेको तर सहकार्यको भने सम्भावना रहेको बताउनुभएको हो ।

आज मंगलबारकै दिन नेपाल पक्षधरका नेता तथा सांसदहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्न आग्रह गरेका थिए । नेपाल पक्षका नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा गर्नुभएको विधान विपरीतका निर्णयहरु फिर्ता गर्न र आगामी दिनमा त्यसखाले निर्णयहरु नगर्नेबारे छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि नेता नेपालले सहमति जनाउभएको बताउनभएको छ । तर, आज दिउँसो २ बजे अध्यक्ष ओलीलाई भुषालले भेट्न जानू भएपनि आफूसहित १४ जना सांसदहरुलाई कारबाही गरिएकोप्रति भने नेता नेपालले चरम् असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

एमाले एवम् एमाले नेतृत्वको निवर्तमान प्रधानमन्त्री ओली सरकारले गरेका प्रतिनिधिसभा विघटन लगायतका विषयहरु असंवैधानिक भएको नेता नेपालले बताउनुभयो । अध्यक्ष ओलीको स्वेच्छाचारी र एकलौटी प्रवृत्तिका कारण पार्टीको जिल्ला एवम् वडा तहसम्ममा असन्तुष्टि उत्पन्न भएको र यी विविध कारणवश २०७७ चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न बाध्य हुनुपरेको उहाँले बताउनुभएको छ ।

यसैक्रममा मंगलबार पनि ओली पक्षले निर्वाचन आयोगमा २ सय ६० जनाको केन्द्रीय सदस्यहरुको नामावली दिइएकोप्रति नेता नेपालले असन्तुष्टि पोख्नुभएको छ ।यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको क्रान्तिकारी शक्तिहरु एक ठाउँमम उभिदै पार्टी पुनर्गठन हुने नेता नेपालले बताउनुभएको हो । कम्युनिस्ट पार्टीलाई रुपान्तरण गर्दै संविधान, लोकतन्त्र र उपलब्ध व्यवस्थाको रक्षा गर्नुपर्ने पनि उहाँले बताउनुभएको हो ।

अन्ततस् अध्यक्ष ओली सँच्चिएर आत्मआलोचाना गरेको खण्डमा तीन महिना, छ महिना अथवा कति समय लागोस्, पार्टी एकताको ढोकम कहिल्यै पनि बन्द नहुने नेता नेपालले स्पष्ट पार्नुभएको हो ।