१५ चैत्र २०८०, बिहीबार

शिक्षकलाई तलब खुवाउन रोल्पामा अदुवा खेती

rolpa

विद्यार्थी पढाउन अदुवा खेती । सुन्दा अचम्म लाग्न सक्छ । तर रोल्पाको रोल्पा नगरपालिका देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले शिक्षकलाई तलव खुवाउन अदुवा खेती सुरु गरेको छ ।

नीजि स्रोतबाट शिक्षकलाई तलव खुवाउन यसअघि चन्दा संकलन गर्र्दै आएको विद्यालयले अदुवा तथा तरकारी खेती गरेर तलवको जोहो गर्न सुरु गरेको छ ।

रोल्पाको रोल्पा नगरपालिका २ देउरालीको सरस्वती आधारभूत विद्यालयले शिक्षकलाई तलव खुवाउन अदुवा तथा तरकारी खेती सुरु गरेको छ । विद्यालयमा आवश्यक्ता अनुसार शिक्षक दरवन्दी नहुँदा विद्यालयमा नीजि स्रोतबाट शिक्षक त राखिएको छ ।

तर त्यसरी राखिएका शिक्षकलाई चन्दा उठाएर तलव दिदै आएको विद्यालयले अव भने आफ्नै खेतीको अदुवा र तरकारी विक्रि गरेर तलव खुवाउन थालेको हो ।

सधै चन्दा उठायर तलव खुवाउन समस्या भएपछि आफ्नै आम्दानीको स्रोत बढाउन अदुवा खेती सुरु गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालयको आम्दानी बढाउन गत वर्षदेखि अदुवा र केहि फलफूलका विरुवा लगाएकोमा आगामी दिनमा थप खेती विस्तार गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

विद्यालयको आम्दानी बढाएर थप शिक्षकको व्यवस्था गर्ने कार्यमा स्थानीय अविभावकहरुले समेत सघाउदै आएका छन ।

२०४६ सालमा स्थापना भएको विद्यालयमा आवश्यकता अनुसारको शिक्षक दरबन्दी नहँुदा पठन पाठनमा समस्या हुँदै आएको थियो ।

निजी स्रोतका शिक्षकलाई तलव खुवाउन समस्या भए पछि विद्यालयले अदुवा,तरकारी र फलफुल खेती सुरु गरेको हो ।

रोल्पा सदरमुकामबाट नजिकै रहेको तथा रोल्पा नगरपालिका भित्रकै विद्यालयमा शिक्षक व्यवस्थापनका लागि यस्तो गर्नुपरेको छ भने दुर्गमका विद्यालयको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । विद्यालयमा हाल ९० जना बालकालिकाहरुले अध्ययन गरिरहेका छन् ।