
प्रतिनिधिसभाका सदस्य मनकुमारी जिसीले आफूहरुले ओलीलाई “बा” भन्दा जिस्क्याउनेहरुले यो एक महिनामा “बा” बन्न गाह्रो रहेछ भनेर थाहा पाएको बताएकी छिन्।
उनले अफगानिस्तानको काबुलमा बम विस्फोट् हुँदा प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेपालीको उद्धार गरेको तर, अहिलेको सरकारले त्यसो गर्न नसकेको बताइन् ।
उनले थपिन्, ‘सकारलाई स्मरण रहोस् २०७३ साल असार ६ गते काबुलमा बम विस्पोट हुँदा ओली सकारले २४ घण्टा भित्र उद्धार गरेर ल्यायो । कोरोना महामारीमा पीडित विद्यार्थीलाई पनि चीनबाट उद्धार गरियो ।’
तर आज अफगानिस्तानमा नेपाली दाजुभाई, दिदि बहिनीहरु रोइरहेको बेला सकारले उद्धार गर्न ढिलो गरेको भन्दै सरकारको विरोध गरेकी छिन् ।