१३ बैशाख २०८१, बिहीबार

दश दिनमा अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फर्किए

nepal airlines

अफगानिस्तानबाट पछिल्लो १० दिनमा १६४ जना नेपाली स्वदेश फर्केका छन्। अध्यागमन विभागका अनुसार उनीहरु ५ अगस्टदेखि १५ अगस्टसम्ममा स्वदेश फर्केका हुन्।

‘प्रारम्भिक तथ्यांक अनुसार १६४ जना नेपाली आएका छन्। विस्तृत विवरण राख्न विमानस्थल कार्यालयलाई भनेका छौं,’ विभागका प्रवक्ता झंकनाथ ढकालले भन्नुभयाे ।

पछिल्लो समय अमेरिकी हस्तक्षेप बढेको भन्दै आक्रमण तीव्र पारेको तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएको थियो। आइतबार नै अफगानस्तिानका राष्ट्रपति अशरफ गनीले देश छाडेपछि तालिबानले आफूहरुको जित भएको घोषणा गर्दै अब शान्ति स्थापना गर्ने बताएको छ। तर पनि काबुलमा रहेका विदेशीहरु त्रसित छन्।

विभिन्न देशले जहाज चार्टर्ड गरेरै आफ्ना नागरिक लगिरहेका छन्।