१४ बैशाख २०८१, शुक्रबार

फिल्म ‘लाइफ इन एलए’ को सुटिङ २९ दिनमा प्याकअप

shilpa masky1

फिल्म ‘लाइफ इन एलए’ को सुटिङ २९ दिनमा प्याकअप भएको छ । फिल्मको केहि सिन आइतवार पोखरामा कैद गरिएको निर्माण पक्षले छायांकन सकिएको जानकारी दिएको हो ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको हो । त्यसैले यो फिल्मको दृश्य नेपाल र अमेरिकामा नै खिचिएको छ । निर्माण पक्षका अनुसार १९ दिन अमेरिकामा र १० दिन नेपालमा छायांकन भएको हो ।

सूर्य एन श्रेष्ठले निर्देशन गरेको यस फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायत कलाकारहरुले अभिनय गरेका छन् । यस फिल्ममा एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ-क्रिस वारेनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

साथै फिल्मको लगानीकर्तामा व्यास बिस्सु र राजेन्द्र ठकुरी र संसार सुवेदी रहेका छन् । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेका यस फिल्मलाई कोरोना कहर कम भएको खण्डमा यहि आउँदो दसैंमा प्रदर्शन गर्ने तयारी निर्माण टिमको रहेको छ ।