७ बैशाख २०८१, शुक्रबार

सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

cabinet
फाइल फोटो

सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।

उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् ।

अफगानिस्तानमा झण्डै १५ सय नेपाली औपचारिक रुपमा कार्यरत रहेको बताइएको छ ।