७ बैशाख २०८१, शुक्रबार

चालिस वर्ष भारतीय जेल जीवन बिताएपछि घर ल्याइएका दुर्गाप्रसाद घर बाटै हराए

20210816 101847

इलाम । ४० वर्ष सम्म बिना कसुर भारतको जेल जीवन बिताएपछि इलाम घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका दुर्गाप्रसाद तिम्सिना घरबाटै हराउनुभएको छ । आइतबार साँझ करिब ४ बजे घरबाट कसैलाई जानकारी नदिई हिँडेका दुर्गाप्रसाद कता गए भन्ने हालसम्म पत्तो नभएको परिवारीक स्रोतले बताएका छन् ।

अरू दिन पनि दुर्गाप्रसाद साँझ ४/५ बजेतिर घरबाट निस्किएर केहीबेरमा घर फर्किन्थे । परिवारले आइतबार पनि त्यस्तै सोचे आउछ्न होला भनेर कुरे तर राती अबेर सम्म पनि नआए पछि खोजी गर्दा कतै फेला नपरेको दुर्गाप्रसादका भतिजा गोपाल शर्मा तिम्सिनाले बताउनुभयो । गोपालका अनुसार अरुबेला पनि उनी बिहान बेलुका घरबाट निस्किन्थे र साझ आउँथे ‘तर, आइतबार अलि टाढा गोदकसम्म पुगेको खबर आएको हो । भारत बाट घर ल्याए देखि उनी यति टाढा भने कहिल्यै गएका थिएनन् ।

गोदकमा एक स्थानीयसँग कुराकानी भएको र उहाँले हिन्दी मात्र बोलेको ‘त्यहाँबाट इलाम जान्छु भनेर छुट्नुभएको भए पनि फिक्कल तिर हिनेको स्थानीयले देखेको बताएका छन् परिवारले दुर्गाप्रसाद बेपत्ता भएकोबारे प्रहरीमा खबर गरेको भतिज गोपालले जानकारी दिनुभयो ।

भारतीय जेलबाट छुट्ने बेला चिकित्सकले दुर्गाप्रसादको मानसिक अवस्था ९ वर्ष ९ महिनाको बालकको झैँ भएको बताएका थिए । घर आएपछि पनि उनको व्यवहार असामान्य रहेको परिवारका सदस्यले बताएका छन् । धर आए देखि माइन नगरपालिका र प्रदेश न १ सरकारको सहयोगमा अस्पतालमा १७ दिन सम्म राखेर उपचार गरेको भए पनि उनको मानसिक अवस्था झन् झन् बिग्रिँदै गएको थियो ।

दुर्गाप्रसाद २० वर्षको छँदा २०३७ सालमा घर छाडी बेपत्ता भएका थिए । भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिए पछि गत २०७६ चैत ८ गते आफ्नी वृद्ध आमासहितको परिवार रहेको लुम्बाकस्थित घरमा ल्याइएको हो । बिनाकसुर लामो समय जेल परेका उनलाई विभिन्न सघसस्था व्यक्तिको सहयोगमा जेलबाट छुटाएर घर ल्याइएको हो ।