
पाल्पाको बाँसटारी हुँदै दमकडा सराइतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
सोमबार बिहान काठमाडौँबाट आएको जीप बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन गम्भीर सहित नौ जना घाइते भएका छन् ।
उनीहरूको उद्धार गरि उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा पठाईएको प्रभास प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।
घाइतेको पहिचान खुल्न सकेको छैन ।