१८ मंसिर २०७८, शनिबार

ला लिगामा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको विजयी शुरुवात

DSC 6593 min

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडले विजयी शुरुवात गरेका छन् ।

झण्डै दुई दशकपछि लियोनल मेस्सीबिना रहेको बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाले १९औं मिनेटमा जेरार्ड पिक्यूको गोलबाट अग्रता लियो ।

त्यसपछि मार्टिन ब्रेथवेटले पहिलो हाफको इञ्जुरी समय र ५९औं मिनेटमा गरेर दुई गोल गरेपछि बार्सिलोनाले खेलमा ३–० को अग्रता बनायो ।

रियल सोसिडाडका लागि ८२औं मिनेटमा जुलेन लोबेटे र ८५औं मिनेटमा मिकेल ओएरजाबेलले गोल थपे ।

त्यस्तै इञ्जुरी समयमा सर्जियो रोबर्टोले गोल गरेपछि बार्सिलोना समग्रमा ४–२ ले विजयी भयो । ला लिगाकै अन्य खेलमा सेभियनले रायो भालेकानोलाई ३–० र एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २१ ले हराए ।