११ बैशाख २०८१, मंगलवार

आफ्नो जितसँगै अफगानिस्तानमा युद्ध समाप्त भएको तालिवानको घोषणा

taliban 1

राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिवानले आफ्नो विजय भएको दाबी गरेको छ ।

अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तानतिर लागेका छन् ।

तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले जनाएको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएका छन् ।

यता अमेरिकाले काबुलस्थित दूतावासमा रहेका आफ्ना सबै नागरिकको उद्धार गरेको जनाएको छ ।

समाचार च्यानल अल जजिरासँग कुरा गर्दै तालिवानका प्रवक्ता मोहम्मद नईमले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताए । उनले भने–हामी उनीहरुसँग सबै प्रकारको मुद्दामा कुरा गर्न तयार छौं ।

उनले तालिवान अलगथलग भएर बस्न नचाहने भन्दै अफगानिस्तानमा कुन प्रकारको शासन हुनेछ भन्ने चाँडै स्पष्ट पारिने बताए । उनले तालिवाने शरिया काूननअन्तर्गत महिला र अल्पसंख्यकहरुको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए ।

प्रवक्ता नईमले तालिवानल कसैको मामिलामा हस्तक्षेप नगर्ने र अफगानिस्तानका मामिलामा पनि हस्तक्षेप नगर्न आग्रह गरे ।