६ बैशाख २०८१, बिहीबार

बाबुराम भट्टराईले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’

फाइल फोटो

तालिवान समूहद्वारा अफगानिस्तानमा भएको सत्ता कब्जाको उदाहरण दिँदै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन् ।

अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प नहुँदा त्यहाँका जनता भुङ्ग्रोमा परेको भट्टराईले जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले लेखेका छन् ,“देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुङ्ग्रोमा पर्दारहेछन् भन्ने पुनःपुष्टि भयो है । हामी पनि बेलैमा सतर्क बन्ने कि ?”