
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो ।
मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएको बताउँदै आर्सनलले शनिबार ब्राईटोनविरुद्धको खेल स्थगित गरिएको छ ।
आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण खेलकुद जगतमा पनि धेरै असर गरेको छ । एजेन्सी