१५ बैशाख २०८१, शनिबार

क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरस भएको पुष्टि

Justin Trudeau waife

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो ।

यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।

ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।

जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् । उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ किनभने उनलाई कुनै लक्षण देखिएको छैन । एजेन्सी