१४ बैशाख २०८१, शुक्रबार

सफल भयो अफगान मिसन: अमेरिकी विदेशमन्त्री

Antony Blinken

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकनले अमेरिकाको अफगान मिसन सफल भएको प्रतिक्रिया दिएका छन् । तालिवानी लडाकुले अमेरिकी सेनाले अफगान छाडेकाे केही समयमै काबुलमा कब्जा जमाएकाे बेला उनले यस्तो बताएका हुन् ।

उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सारिएको पनि बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई भितनामी युद्धसँग तुलना गरिरहेका बेला उनले यस्तो बताएका हुन् ।

४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन् ।

अमेरिकी सैनिकको बर्हिगमन सुरु भएको छोटो समयमै तालिवानी विद्रोहीहरुले काबुल कब्जा गरेका छन् । आइतबार विद्रोहीहरुले काबुललाई घेरा हालेपछि राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ लागेका छन् । त्यसपछि विद्रोहीहरु बिस्तारै काबुल छिर्न थालेका छन् ।

अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ रोस विल्सनले अफगानिस्तानस्थित दूतावास छाडिसकेका छन् । एक अमेरिकी अधिकारीका अनुसार विल्सनलाई काबुल विमानस्थल पुर्याइएको छ । दूतावासको भवनमा राखिएको झन्डा पनि उठाएर विमानस्थल लगिएको छ ।