
अफगानिस्तानका तालिबानी लडाकूले आफूहरुले कसैसँग बदला नलिने बताएका छन् । तालिबानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र काबुलका बासिन्दा कोहीसँग बदला नलिने बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं । काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं ।’
उनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन् ।