१३ बैशाख २०८१, बिहीबार

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी शुरुवात

real

स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा रियलले अलाभेसलाई ४–१ ले हराएको हो । अवे मैदानमा रियलले ४८औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लियो ।

५६औं मिनेटमा नाचोले रियलको अग्रता दोब्बर पारे । लगत्तै टोलीका लागि ६२औं मिनेटमा बेञ्जिमाले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

त्यसपछि ६५औं मिनेटमा जोशिलुले पेनाल्टीमार्फत गोल गरेपछि अलाभेस खेलमा फर्कने प्रयास गरेको थियो । तर इञ्जुरी समयमा भिनिकस जुनियरले गोल गरेपछि रियल समग्रमा ४१ ले विजयी भयो ।

ला लिगाकै अन्य खेलमा लेभान्टे र काडिज तथा मालोर्का र रियल बेटिसले एक(एक गोलको बराबरी खेल्दा स्पानुयल र ओसासुना गोलरहित बराबरीमा रोकिए ।