१५ बैशाख २०८१, शनिबार

त्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा !

nuwakot police

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया खातीले अघिल्लो बुधबार अर्थात् यही फागुन २१ गते मध्यराति त्रिशूली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्।

फागुन २१ गते बुधबार राति स्थानीयले खबर गरेपछि नुवाकोट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुग्दा सञ्जु, घरसँगै जोडिएको त्रिशूली नदीको बगरमा पछारिएको अवस्थामा भेटिएकी थिइन् भने उनका पति मौसम छेउमा बेहोस भेटिएका थिए।

त्यसपछि प्रहरीले दुवैलाई नुवाकोट जिल्ला अस्पताल (त्रिशूली) पुर्‍याएकाे थियो। त्यसक्रममा चिकित्सकले सञ्जुलाई तत्काल मृत घोषणा गरेका थिए भने मौसमलाई उपचार गरेको थियो।

उनका श्रीमान् पति २२ वर्षीय मौसम खातीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत नुवाकोट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजेश थापाले जानकारी दिए।

सुरुमा लिइएको ७ दिनको म्याद बिहीबार सकिने भएकाले भोलि शुक्रबार पुनः म्याद थप्ने तयारीमा रहेको थापाले वताए । डीएसपी थापाले भने ‘पतिकै उनकै कारण केटीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

टिचिङ हस्पिटलमा गरिएको पोस्टमार्टम रिपोर्टको नतिजा आईपुगिनसकेको र नतिजा आएपछी घटनाको अनुसन्धानमा थप जानकारी मिल्ने प्रहरीले जनाएको छ ।