१९ बैशाख २०८१, बुधबार

कूटनीतिक संवादको माध्यमबाट एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई हल गर्नुपर्छ

prachanda
फाइल फोटो

शनिबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्तावमा उनले अमेरिकी सहयोग नियोग मिलेनिय च्यालेञ्ज कर्पोरेसन (एमसीसी), लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गरिने उल्लेख गरेका छन् ।

“एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादको माध्यमबाट हल गर्ने प्रयत्न गरिने छ,” प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डको प्रतिवेदनमा नेकपा गठन गर्नु ठीक भएता पनि केपी शर्मा ओलीको कारण विघटन हुन पुगेको उल्लेख छ । “तत्कालीन माओवादी केन्द्र र एमालेबीच भएको वस्तुतः सही हुँदाहुँदै पनि केपी ओली र उनकाले गुटमा देखा परेको अहंकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र लक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो,” प्रचण्डले उल्लेख गरेका छन् ।