१३ बैशाख २०८१, बिहीबार

समेटियो कालापानी क्षेत्र पनि जनगणनामा, कालापानीकाे छ सय

kalapani janagana
भीरकाे बाटाे छाङ्गरू जाँदै जनगणना टाेली ।

केन्द्रीय तथाङ्क विभागले राष्ट्रिय जणगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै दार्चुला जिल्लाको कुल जनसङ्ख्या एक लाख ३५ हजार ५६ पुगेकाे छ । यसमा कालापानी क्षेत्रलाई पनि समेटिएको छ ।

२०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ३३ हजार २७४ थियो । दश वर्षमा दार्चुलाको जनसङ्ख्या एक हजार ७८२ बढेको छ ।

दार्चुलाको कुल जनसङ्ख्यामध्ये पुरुषको सङ्ख्या ६५ हजार ३ सय ४९ रहेको छ भने महिलाको सङ्ख्या ६९ हजार ७०७ रहेको छ । हाल दार्चुला जिल्लामा २५ हजार २ सय घरधुरी छन् भने परिवार सङ्ख्या २९ हजार १८६ छ ।

केन्द्रीय तथ्याङ्क विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि प्रविधिको प्रयोग गरेर अनुमानित जनसङ्ख्या आँकलन गरेको जनाएको छ ।

प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसङ्ख्या मात्र सार्वजनिक गरिएको बताउनुभयो । वडा तहको पछिमात्र प्रकाशन गरिने विभागको भनाइ छ । अहिले पालिकागत जनसङ्ख्या मात्र सार्वजनिक गरिने भएकाले अन्तिम नतिजामा मात्र समेटिने उहाँले बताउनुभयो ।

विभागका अनुसार कालापानी क्षेत्रको जनसङ्ख्या करिब ६ सय छ । २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागमा जनगणना हुनसकेको थिएन । अहिले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ ।