१५ चैत्र २०८०, बिहीबार

एमाले सांसदविरुद्ध लुम्बिनी प्रदेश प्रमुख सचिवालयको धम्कीपूर्ण वक्तव्य

lumbini province

लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले नेकपा एमालेका सांसदविरुद्ध धम्कीपूर्ण वक्तव्य जारी गरेको छ ।

सचिवालयले सांसद तथा प्रदेश कमिटी अध्यक्ष लिला गिरीको नाम किटेर धम्कीपूर्ण वक्तव्य जारी गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयबाट नारायणप्रसाद आचार्यले जारी गरेको वक्तव्यमा प्रदेश प्रमुख संवैधानिक पद भएकाले आइन्दा तुच्छ आरोप नलगाउन चेतावनी दिइएको छ ।

गिरीले यसअघि विज्ञप्ति जारी गर्दै एमाले सांसद विमला वली र अजय शाहीलाई गठबन्धनको सदस्य बनाएर गरिएको माग दाबीका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै अपात्ति जनाएका थिए ।

सो विज्ञप्तिको प्रतिवादमा प्रदेश प्रमुखको सचिवालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सदस्यहरु कुन पार्टीका हुन् र कसले कुन पार्टी प्रवेश गरे भन्ने कुरा प्रदेश प्रमुखको कार्यालयको क्षेत्राधिकारमा नपर्ने उल्लेख छ ।

हेर्नुहोस्, सचिवालयको विज्ञप्ति :

lumbini pradesh