१३ बैशाख २०८१, बिहीबार

संसद, स्कुल र भिड हुने सबै ठाउँ बन्द गरौँ’ कोरोनाभाइरस फैलियो भने नेपालले रोक्न सक्दैन

bhimsen das pradhan

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।

प्रधानले संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन्।

बिहीबार प्रतिनिधिसभामा सांसद प्रधानले भने, ‘सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन। स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारले चाँडै एक्सनमा जानुपर्छ। जहाँ भीड हुन्छ त्यो रोक्न सकिएन भने यसबाट हुने भय नेपालले रोक्न सक्दैन।’

सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए। ‘सरकारको एक्सन आउनुपर्‍यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्‍यो,’ उनले भने। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’

उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको पनि आरोप लगाए।