१६ चैत्र २०८०, शुक्रबार

भारतको सबै सीमा आज मध्यरातिबाट बन्द

india nepal china

भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी एक महिनाको लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको एक विज्ञप्ति अनुसार बाध्यकारी कारणले गर्दा भारत आउन चाहने कुनै पनि विदेशी नागरिकले नजिकको भारतीय मिसनलाई सम्पर्क गर्न सक्दछन ।

इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

भारतीय एजेन्सीको सहयोगमा